
काठमाडौं। नेपाली कांग्रेसको सहमहामन्त्रीमा पिछडिएको क्षेत्रबाट जीवनबहादुर शाही निर्वाचित भएका छन्। उनले ३ हजार ९०६ मत प्राप्त गर्दै सहमहामन्त्री पदमा विजयी भएका हुन्।
शाहीका निकटतम प्रतिस्पर्धी जनकराज गिरीले १ हजार ३७० मत प्राप्त गरेका छन्। त्यस्तै, प्रतिस्पर्धामा रहेका नारायणप्रसाद भट्टराईले ७३१, राजन कुँवरले ३२४ र रामबहादुर विष्टले २६० मत प्राप्त गरेका छन्।
कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका शाही पिछडिएको क्षेत्रबाट सहमहामन्त्री पदका उम्मेदवार बनेका थिए। निर्वाचनमा उनले अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै उक्त पदमा निर्वाचित भएका हुन्।



